कांग्रेस क्षेत्र–१ प्रदेश ‘क’ बाट ३ जना र ख बाट ५ जनाको नाम सिफारिस

१६ भाद्र, मेचीनगर : नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को प्रदेश समितिले ‘क’ बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको बैठकले ‘क’ मा ४ जना आकांक्षी मध्ये ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

४ जना आकांक्षीहरु बालाजित राई, ताराविर कटुवाल, गोपाल तामाङ र सुदय पनेरुको नाम चर्चामा थियो । त्यसमध्ये आकांक्षी उम्मेद्वार पनेरुले हात झिकेका छन् । प्रदेश समितिले राई, कटुवाल र तामाङको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

क्षेत्र नं.१ क बाट प्रदेश सभाका लागि सिफारिस भएका उम्मेद्वारहरु

त्यस्तै नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को प्रदेश समितिले ‘ख’ बाट पाँच जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको बैठकले ‘ख’ मा ५ जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश समितिले प्रेम सम्बाहाम्फे, लालबहादुर थेवे, देवेन्द्र गौतम, लोकराज ढकाल र खड्ग पन्धाकको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

तीन जनाको नाम पठाउनु पर्नेमा ५ जनाको नाम सिफारिस गरिएको समितिले जनाएको छ ।

सो नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइने बताइएको छ । बैठकमा विमल आचार्य, केशवराज पाण्डे, मणिकुमार उप्रेती, इन्द्रबहादुर बुढाथोकी, असोककुमार पोखरेल लगायतका नेताहरु थिए ।

बैठकमा क्षेत्र नं। १ को प्रदेशका सम्पूर्ण कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ‘क’ र ‘ख’ बाटै समानुपातिकमा महिला उम्मेद्वारहरुको नाम सिफारिस हुन बाँकी रहेको समितिले जनाएको छ ।

आगामी ४ मंसिरमा हुने प्रदेश सभा चुनावका लागि सबै दलले आकांक्षी उम्मेद्वारहरुको नाम केन्द्रमा पठाउन धमाधम सिफारिस गर्न थालेका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.