कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा

A notice in Nepali from Mechinagar Ward No. 10

२२ पौंष, काठमाडौँ : पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ।

आइतबार बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री खतिवडाले बैङ्कले कर्जाको आकार बढाउँदा जोखिम आउनसक्ने भन्दै बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभएको हो।

उहाँले बैङ्कको पुँजीकरण वृद्धिको लाभ विद्युतीय क्षेत्रले लिए पनि कृषि क्षेत्रले लिन नसकेको बताउनु भयो। खतिवडाले बैङ्क तथा वित्तीय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर भएको भन्दै कर्जाको आकार बढ्दै जाँदा वित्तीय प्रणालीमा आर्थिक सङ्कटको सङ्केत भएको उल्लेख गर्नुभयो।

उहाँले पछिल्लो समय देशको वित्तीय प्रणालीले ठूलो फड्को मारेको बताउनु भयो। पूर्व अर्थमन्त्री खतिवडाले बैङ्कमा राखेको निक्षेपसमेत बढेको बताउनु भयो।

उहाँले बैङ्किङ पुँजी बजारलगायत सम्पूर्ण वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग ह्वात्तै बढेको भन्दै लेजर खाता पल्टाएर भुक्तानी गर्ने केन्द्रीय बैङ्क इन्टरनेटमा कारोबार गर्ने भएको उल्लेख गर्नुभयो।

उहाँले राष्ट्र बैङ्कले प्रविधिमा आधारित भएर कारोबार गर्न सकेकाले मात्रै महाभूकम्प तथा कोरोना महामारीको अवस्थामा तत्काल सरकारी कारोबार र बैङ्किङ सेवा दिन सम्भव भएको दाबी गर्नुभयो।

उहाँले पुँजी बजारमा प्रविधिको विकास र संरचनात्मक सुधार भएकाले ५५ लाख डिम्याट खाता पुगेको बताउनु भयो।

पूर्व मन्त्री खतिवडाले पछिल्लो एक दशकमा बैङ्क तथा वित्तीय संस्थाको पुँजीकोष ८ गुणाले बढेको उल्लेख गर्नुभयो। उहाँले बैङ्कको पुँजी वृद्धिको कारण बैङ्कको सम्पत्ति अधिक मात्रामा बढ्न गई दक्षिण एसियामा नेपालका बैङ्कको पुँजीकरण माथि पुगेको बताउनुभयो।

उहाँले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा गत वर्ष बैङ्कको सम्पत्ति १२३ प्रतिशत पुगेसँगै बैङ्कको कुल पुँजीकरणमा नेपाल विश्वमा अधिक पुँजीकरण हुने १४० देशमा २३ औँ स्थानमा पुगेको बताउनुभयो। बैङ्क तथा वित्तीय संस्था परिसंघले अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै खतिवडालाई सम्मान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.