पुरानो तुष बिर्सिंदै बालेन र हर्क साम्पाङको पहिलो भेट

A notice in Nepali from Mechinagar Ward No. 10

२१ चैत्र, काठमाडौँ : काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङबीच पहिलो भेट जुरेको छ । स्थानीय चुनावका दुई चर्चित उम्मेदवारहरुबीच आज भेट भएको हो ।

खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर बालेनलाई भेटेका हुन् । साम्पाङ धरानका उपमेयर अइन्द्रविक्रम बेघासहितको टोली लिएर महानगपालिका पुगेका थिए ।

दुईजनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरेका छन् । बाँसको कप्टेरोमा विभिन्न रङका धागो बुनेर चारकुने सिलाम साक्माको छेउमा फुर्को बनाइएको हुन्छ । सिलाम साक्मा मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण संस्कारहरूमा प्रयोग गरिन्छ । लिम्बू जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्दै आएका छन् ।

लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ भन्नाले रोक्नु हो । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा यसलाई लिइने बताइन्छ ।

दुवै मेयरबीच सौहार्द वातावरणमा कुराकानी भएको थियो । साम्पाङले फेसबुकमा भेटघाटको तस्विर पोस्ट गरेका छन् ।

केही समयअघि बालेन र हर्कबीच फेसबुक वार चलेको थियो । बालेनविरुद्ध साम्पाङले धरावाहिक स्टाटस लेखेपछि उनीहरुको सम्बन्ध चिसिएको थियो । तर, पुरानो तिक्तता भुलेर हर्कले बालेनलाई भेटेपछि उनीहरुका शुभचिन्तक खुशी भएका छन् ।

नेपाल प्रेस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.