बलर चम्किएपछि नेपालको शानदार जित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो। नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कतार ८९ रनमै समेटियो।

कतारका लागि जहिर इब्राहिम र कुरान शेहजादले १५-१५ तथा अमिक फारुकले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले पाँच, सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिए। कतारकाे १४ रनमा पहिलो विकेट गएको थियो। त्यसपछि नेपाली बलरले कतारका ब्याटरलाई जम्न दिएनन्। लामिछाने प्लेयर अफ द म्याच भए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले ४२, रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले ११-११, गुल्सन झाले सात, भीम सार्कीले ६, कुशल मल्लले तीन, कुशल भुर्तेलले दुई र ललित राजवंशीले एक रन बनाए।

कतारका लागि अमीर फारुकले चार, ओइस अहमदले तीन, गयान मुनविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए।

यो जितसँगै नेपाल सात अङ्क सहित समूह ‘ए’ को शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। नेपालले लिग चरणका चारमध्ये तीन खेल जित्यो भने एक खेल वर्षाका कारण अवरुद्ध हुँदा एक अङ्क पाएको थियो।

त्यस्तै, समूह ‘ए’ बाट ओमन पनि सेमिफाइनलमा पुगेको छ। ओमनले चारमध्ये तीन खेल जितेको थियो भने नेपालसँग पराजित भएको थियो।

समूह ‘बी’ बाट यूएई सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अर्को टोलीका लागि कुवेत र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.