सर्वोच्चमा आजदेखि ‘अटोमेसन’मा पेसी तारिख

११ भदौं, काठमाडौँ : सर्वोच्च अदालतमा आज (सोमबार)देखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको सुरुआत गर्न लागेको जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका लागि अटोमेसन अभ्यास गर्न लागिएको हो । अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् ।

“म सिस्टममा विश्वास गर्छु । सिस्टमले नै काम गर्ने भएपछि पक्षपात हुँदैन,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “यसपछि सेवाग्राहीको गुनासो पनि घट्ने विश्वास लिएका छौँ ।”

न्याय क्षेत्रमा सुधारको अभियान जारी रहेको भन्दै उनले सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक रहेको बताए । अहिले परीक्षणका रूपमा सुरु गरिएको पेसी तारेख यसपछि काठमाडौं जिल्ला अदालतमा थालिने उनको भनाइ छ ।

प्रधानन्यायाधीश श्रेष्ठले पेसी तोक्ने काम भने बजेटलगायतका कारण अटोमेसनमा लैजान कठिनाइ भइरहेको बताए । अरू प्रविधिक व्यवस्थापनका लागि थप गृहकार्य आवश्यक देखिएको उनको भनाइ छ ।

“अहिले प्रयोग गर्न लागिएको सफ्टवेयर सर्वोच्च अदालतको आन्तरिक जनशक्तिले नै बनाएको हो,” सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलले बाह्रखरीसँग भने, “सर्वोच्च र मातहतका अदालतहरूमा प्रयोग हुने सबै सीएमएसहरू इन्टर्नल जनशक्तिबाट नै निर्माण भएका हुन् ।”

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.