पाकिस्तानसँग नेपालको फराकिलो हार

१३ भदौं, झापा : एसिया कपको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ। बुधबार भएको एसिया कपको उद्घाटन खेलमा नेपाल एकदिवसीय क्रिकेटको नम्बर १ टिम पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भयो।

मुल्तान क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। पाकिस्तानको बलिङ अट्याकसामू नेपालका ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके।

सुरुआती २ ओभरमै ३ विकेट गुमाएपछि दबाब परेको नेपालका लागि चौथो विकेटका लागि आरिफ सेख र सोमपाल कार्मीले केही सम्हालिएको इनिङ खेले। यी दुईले चौथो विकेटका लागि ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए।

सोमपालले सर्वाधिक २८ रन बनाए। उनले ४६ बल खेल्दै ४ चौका प्रहा गरे। यस्तै आरिफले ३८ बलमा ५ चौकाको सहयोगमा २६ रन बनाए। यी दुईले १४(३ को अवस्थाबाट नेपाललाई ७३(४ को अवस्थासम्म पुर्याएको थिए।

तर, आरिफ र सोमपाल दुवैलाई ह्यारिस रउफले पभेलियन फर्काएपछि नेपाली इनिङ धरासायी बनेको थियो। नेपाल त्यसपछिका ६ विकेट थप ३१ रन बनाउँदा गुमाएको थियो। सोमपाल र आरिफसँगै गुल्सन झाले दोहोरो अंकमा स्कोर बनाए। उनले २३ बलमा १३ रन बनाए।

नेपाली इनिङ धरासायी बनाउने क्रममा पाकिस्तानका स्पिनर सादब खानले ४ विकेट लिए भने साहिन साह अफ्रिदी र रउफले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर अजम र इफ्तिखर अहमदको शतक मद्दतमा निर्धारित ओभरमा ६ विकेको क्षतिमा रन ३४२ बनायो।

पाकिस्तानका लागि बाबरले सर्वाधिक १५१ रन बनाए। एकदिवसीयमा १९औं शतक बनाएका उलने १३१ बल खेल्दै १४ चौका र ४ छक्का प्रहार गर्दै १५१ रन बनाए।

एकदिवसीयमा पहिलो शतक प्रहार गरेका इफ्तिखरले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गदैै १०९ रन बनाए। बाबर र इफ्तिखरले पाँचौं विकेटका लागि १३१ बलमा २१४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। त्यसअघि मोहमम्द रिजवानले ४४ रनको इनिङ खेल्दा फखर जमानले १४ रन बनाए।

पहिलो पाटक पाकिस्तानसँग खेलिरहेको नेपाली टिमले राम्रो सुरुआत गरेको थियो। १२४ रनमै ५ विकेट लिँदै नेपालले पाकिस्तानमाथि दबाब कायम गरेको थियो। तर, त्यसपछि बाबर र इफ्तिखरले अनुभवको उपयोग गर्दै पाकिस्तानलाई ठूलो योगफलतर्फ लगे।

नेपालका लागि सोमपाल कामीले २ विकेट लिए। निकै महँगो सावित भएका सोमपालले दुवै विकेट इनिङको अन्तिम ओभरमा लिएका थिए। सोमपालले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चिए । करण केसी र सन्दीप लामिछानेले पनि समान १ विकेट लिए। नेपालले २ रनआउट गरेको थियो।

एसिया कपमा नेपालले अब दोस्रो खेल भारतसँग खेल्ने छ। भारतसँगको खेल श्रीलंकामा भदौ १८ गते हुनेछ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.