शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्छ : कानुन मन्त्री गुरूङ

५ भदौं, काठमाडौँ : कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शिक्षकहरूसँग आज हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गरेका छन् ।

सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र सञ्चार मन्त्री रेखा शर्मासहितको छलफलपछि उनले आजको वार्तामा सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन् ।

छलफलपछि उनले भने- ‘हामीले शिक्षकहरुका सबै मागका विषयमा छलफल गरेका छौँ । सम्भवतः आजको वार्तामा सहमति जुट्छ ।’

तीन दिनदेखि शिक्षकहरू निरन्तर आन्दोलनमा रहेका छन् । आज पनि उनीहरूको आन्दोलन जारी रहेको छ ।

Exit mobile version