इजरायलमा नेपालीको मृत्युपछि उत्पन्न परिस्थितिबारे सर्वदलीय बैठकमा के भयो छलफल ?

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा इजरायलमा नेपालीको मृत्युपछि उत्पन्न परिस्थितिबारे छलफल भएको छ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा दलहरूले आधिकारिक ठाउँबाट सही सूचना सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्न सुझाव दिएको जानकारी दिए ।

बैठकमा सरकारले इजरायलमा फसेका नेपालीहरूको उद्धारका लागि भएका प्रयासहरूको बारेमा जानकारी गराएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सरकारले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे पनि जानकारी गराएको थियो ।

“नेपालीहरूको मृत्यु भएको छ । मानिसहरू बङ्करमा बस्नुपर्ने अवस्था छ । असुरक्षा, पीडा र डर त्रासको बारेमा छलफल भयो,” उनले भने, “अब कसरी अघि बढ्ने भन्ने छलफल भयो । फर्कने चाहनेलाई फर्काउने, त्यहाँ बस्नेलाई सुरक्षाको ग्यारेन्टी गर्ने तथा मृतकहरूको शव ल्याएर परिवारसम्म कसरी पुर्‍याउन सकिन्छ जस्ता विषयमा छलफल भयो ।”

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनको आतंकवादी समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.