२७ असोज, मेचीनगरः मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० शनिबार नेपालको सूदुरपूर्व मेचीनगर—६ काँकरभिट्टास्थित मेचीपुलबाट सुरु भएको छ । सहयोगापेक्षी वेसाहार, अशक्त असाहय अनाथ अभिभावकविहिन सडक आश्रित मानवहरुको राष्ट्रिय उद्धार यात्रा मानव सेवा आश्रम (मानवता प्रवद्र्घन महाअभियान) र आनी छोईङ डोल्मा फाउण्डेशनको संयुक्तप्रयास एवम् सहकार्यमा सुरु भएको हो ।
‘यो पटकको चाडपर्वमा कसैले बस्नु नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ आयोजित सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवहरुको राष्ट्रिय उद्घारका लागि शुरु भएको मेची महाकाली यात्रा २०८० मंसिर ४ गते काठमाण्डौंमा समापन हुने छ ।
४० दिनको राष्ट्रिय मेची— महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री कार्यालय बालुवाटारबाट प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधिकारीक रूपमा सुरुवात गर्नुभएको थियो । पूर्वबाट यात्रा शुरु गर्नका लागि आनी छोईङ डोल्मा फाउण्डेशनका अध्यक्ष आनी छोईङ डोल्मा, मानव आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतको टोली साँझ काँकरभिटटा आइपुगेको थियो ।
अध्यक्षद्वय डोल्मा,अधिकारी, स्थानीय सरकार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीसहितले संयुक्तरुपमा मेची पूलमा दिप प्रज्वलन गरी विधिवतरुपमा पूर्वबाट यात्रा शुभारम्भ भएको घोषणा गर्नुभयो ।
चर्चित गायिका समेत रहनु भएकी डोल्माले मानिसको सवैभन्दा ठूलो धर्म सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवहरुको सेवा नै भएको बताउनुभयो । यसरी यो महान कार्यमा जोडिन पाउँदा आफुलाई धेरै खुशी लागेको धारणा उहाँले व्यक्त गर्नुभयो । यस्तो महान कार्यमा सवैको हातेमालो आवश्यक रहेको, रोग र भोगसँग लडिरहेका मानवको उद्घार गरी नाना खाना दिनु मानवजातिको कर्तव्य औल्याउँनुभयो ।
यात्राको औचित्यमाथि माथि प्रकाश पार्दै मानव आश्रमका केन्द्रिय अध्यक्ष अधिकारीले यो यात्रा देशको शहर केन्द्रित ४६ जिल्लामा पुग्ने र सहयोगापेक्षी वेसाहार, अशक्त असाहय अनाथ अभिभावकविहिन सडक आश्रित मानवहरुको उद्घार गर्ने बताउँदैं आइतबार विहानबाट सडक पेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्घार कार्य थालनी गरीने प्रष्ट पार्नुभयो । यात्रामा ४० जना यात्री सहभागी हुनुभएको छ । कोशी प्रदेशभरिबाट उद्घार गरिएकासहयोगापेक्षी वेसाहार, अशक्त असाहय अनाथ अभिभावकविहिन सडक आश्रित मानवहरुलाई मानव आश्रम विराटनगर शाखामा राखिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले सडक मानवलाई आफ्नो सरकार भएको अनुभूति गराउने मानवीय सेवालाई उच्च मनोबलका साथ सहयोग प्रदान गरिरहेको बताउभयो । यसका लागि मेचीनगर नगरपालिका—४ मा मानवसेवा आश्रम निर्माणका लागि २५ लाख रुपैयाँ मेचीनगर नगरपालिकाले विनियोजन गरेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले आफ्नो नगरमा सडक मानवविहीन तुल्याई उनीहरुलाई ‘न्यानो ओछ्यानसहित भोको पेट विहीन’ बनाउन सरकार आफ्नो कर्तव्यमा अडिग रहेको धारणा व्यक्त गर्नुभयो ।
यस्तो महान कार्यमा स्थानीय सरकारको साथ सहयोग सधै रहने उहाँले प्रतिवद्घता समेत व्यक्त गर्नुभयो । उहाँले मेचीनगरलाई सडक मानवमुक्त बनाउनका लागि अभियानलाई निरन्तर सहयोग गरिने बताउनुभयो । अशक्त, असहाय मानिसको उद्धारले मानव सभ्यताको सकारात्मक सन्देश स
जमा फैंलिँदा सडकमा मागेर जीविकोपार्जन कार्यको अन्त्य हुने नगर प्रमुख बुढाथोकीले विश्वास व्यक्त गर्नुभयो ।
विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले विर्तामोड नगरलाई सडक मानवमुक्त बनाउन विभिन्न कार्यमार्फत सहयोग गरिएको बताउँदै सहज बसोबासका लागि आश्रम निर्माणामा सहयोग गर्ने बताउनुभयो । आश्रमले उद्धार गरिएका सडक मानवका लागि आवास, स्वास्थ्योपचारमा ध्यान केन्द्रित हुने बताउँदै सडक मानवमुक्त राष्ट्र निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताउँदैं यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले यात्राका क्रममा चाहिने आवश्यक सुरक्षा सवै प्रदान गरिने बताउनुभयो ।

















