२ कात्तिक, मेचीनगरः नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर नगर कमिटी काँकरभिट्टाले अहिलेसम्म दुर्घटना नगराएका चालकलाई सम्मान गरेको छ । चाडपर्वका अवसरमा सवारी दुर्घटना हुन नदिन चालकलाई टिका र माला लगाइ सम्मान गरीएको हो । काँकरभिट्टा महेन्द्रनगर, काँकरभिट्टा नेपालगञ्ज, काँकरभिट्टा चरिकोटा र काँकरभिट्टा पोखरारूटमा कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई सम्मान गरिएको हो ।
बुधबार झापाको मेचीनगर—६ काँकरभिट्टा बस टर्मिनल परिसरमा नजिकिँदै गरेको वडादशैं, शुभदिपावली तथा छठजस्ता पर्वलाई लक्षित गरेर संगठनले थालेको सुरक्षित यात्राका सारथी चालहरुलाई समान तथा शुभयात्रा अभियानअन्तर्गत दुघर्टना न्यूनिकरण तथा विजया दशमी दिपावाली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सवारी चालकलाई सम्मान गरएिको हो ।
दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले विहान ११ बजे आठजना चालकलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथाकी, संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले असल चालकलाई प्रमाणपत्र ढाकाको टोपी पहिर्याएर र खादासहित सम्मान गर्नुभएको थियो । सम्मान पाउनेमा विशेषतःलामो दूरीका सवारी चालक छन् । चाकललाई उत्प्रेरणाका लागि भनेर फूल, माला लगाइदिएर बिदाई समेत गरिएको थियो ।
सम्मानित हुने चालकहरुमा श्यामबहादुर गुरुङ, हरेराम खड्का, गोविन्द ढकाल, सचिन महत, रविन रिजाल, दीपक गौतम जगत पौडेल र ढुवानी मजदुर विर्खबहादुर गिरी रहेका छन् । चालकलाई सम्मान गर्दै प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको इमान्दारिताले समाजमा अरू मान्छेलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताउनुभयो । राम्ररी सवारी चलाएर सुरक्षित पुर्याउनु भन्दै बडादसैँको शुभकामनासमेत उहाँले दिनुभयो ।
संगठनका केन्दीय अध्यक्ष राईले सवारीसाधनमा यात्रुमैत्री व्यवहार गर्न सवारी चालक, सहचालक र परिचालकलाई आग्रह गर्नुभयो । यात्रुलाई देउता समान व्यवहार गर्न आग्रह गर्दै उहाँले यात्रुलाई पहिलो प्रभाव सवारी साधनले नै पार्ने भएकाले गन्तव्यमा पुग्दासम्म राम्रो छाप पार्नु पर्ने उहाँले बताउनुभयो । सवारी साधनका सम्पूर्ण चालक, सहचालक परिचालकहरुको गर्ने व्यवहारले देशकै इज्जत राख्ने भन्र्दै केन्द्रीय अध्यक्ष राईले पहिलो पटक चढेको चालकले राम्रो व्यवहार गरिदिए, देशकै राम्रो छाप पर्ने उहाँको भनाई थियो ।
यातायात क्षेत्रलाई व्यवसायमैत्री र यात्रुमैत्री बनाउन हरेक मजदुर लाग्नुपर्ने उहाँको भनाई थियो । राज्यका सबै कानुन मानेर गुणस्तरीय सेवा दिन मजदुर तयार रहेको भन्दैं अध्यक्ष राईले मजदुरलाई दोस्रो दर्जाका रुपमा हेर्ने सरकारी दृष्टिकोण बदलिनु आवश्यक रहेको स्पष्ट पार्नुभयो । दुघर्टना सवारी चालक, सहचालक परिचालकको एक्लो प्रयास मात्र सम्भव नहुने र यसमा राज्यको पनि उत्तिकै दायितव हुने उहाँको भनाई थियो । सरकारले पार्किङको व्यवस्था राम्रो गर्न सके, सडक सहज बनाउन सके र यात्रुमैत्री व्यवस्थापन गर्न सके दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायात व्यवस्थित हुने उहाँको भनाई थियो ।
सोहि अवसरमा केन्द्रीय अध्यक्षलाई समेत संगठनकोतर्फबाट सम्मान गरिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको हालै सम्पन्न प्रदेश अधिवेशनबाट मजदुरकोक्षेत्रबाट प्रदेश कमिटी सदस्यमा निर्वाचित भएको भन्दैं संगठनकातर्फबाट सम्मान गरिएको हो । सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथाकीले प्रदान गर्नुभयो ।
संगठनका नगर अध्यक्ष राजकुमार बस्नेतले कार्यक्रमको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक दीपक भारती, बस टर्मिनल बसपार्क तथा यातायात व्यवस्थापन समिति मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेलेलगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन संगठनका सचिव दावा तामाङले गर्नुभएको थियो ।


















