त्रिविद्वारा १६ कलेजको सम्बन्धन खारेज, जुनसुकै संकायबाट स्नातक गर्ने विद्यार्थीले अङ्ग्रेजी तथा नेपाली विषयमा स्नातकोत्तर गर्न पाउने

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो ।
गएको जेठमा त्रिविले एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो । सोहीअनुसार परेका निवेदनका आधारमा क्याम्पसहरूलाई समायोजन गरेको त्रिवि योजना निर्देशनालयका निर्देशक ध्रुव गौतमले जानकारी दिए । ‘विद्यार्थी संख्या कम हुने र आर्थिक अवस्था कमजोर हुने क्याम्पसहरू गाभिएका छन्, दुईवटा गाभिँदा एउटा क्याम्पस स्वतः खारेज हुन्छ । हाल ३२ वटा क्याम्पस गाभिएर १६ वटा बनेपछि १६ वटा क्याम्पस खारेज भए,’ उनले भने ।
निर्देशक गौतमले समायोजन भएपछि उनीहरूको व्यवस्थापन पनि सहज भएको तथा विद्यार्थी संख्या बढेको बताए । यसअघि विश्वविद्यालय अनुदान आयोगले मर्ज गर्नेबारे अध्ययन पनि थियो । ०७९ मंसिरमा गरिएको अध्ययनअनुसार देशभर सयभन्दा कम विद्यार्थी भर्ना रहेका क्याम्पसको संख्या धेरै पाइएको थियो । अध्ययनमा दुई सय १८ सामुदायिक, तीन सय निजी र २१ आंगिक क्याम्पस गरी पाँच सय ३९ क्याम्पसमा विद्यार्थी संख्या सयजनाभन्दा कम देखिएको थियो । ती क्याम्पसले विद्यालय खर्च व्यवस्थापनसमेत गर्न नसकेको अध्ययनले देखाएको थियो ।
सरकारी तथ्यांकअनुसार हाल देशभरिका विभिन्न क्याम्पसमा कुल चार लाख ६२ हजार विद्यार्थी उच्च शिक्षा हासिलका क्रममा छन् । तर, विदेश जाने विद्यार्थीको संख्या बढेसँगै क्याम्पसहरूमा विद्यार्थी घटेपछि त्रिविले मर्जर प्रक्रिया अघि बढाएको थियो ।
त्यसैगरी त्रिविले एक सूचना जारी गर्दै नेपाली र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्न चाहने विद्यार्थीले जुनसुकै विषयमा स्नातक गरेको भए हुने भन्दै सूचना जारी गरेको छ।त्रिविले एकैदिन फरक फरक समयमा नेपाली तथा अङ्ग्रेजी विभागले छुट्टाछुट्टै सूचना जारी गरेको हो।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.