घटायो निगमले इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।

मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँमा झरेको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.