झापा रेफ्रीका पूर्व बरिष्ठ उपाध्यक्ष लोकराज ढुङ्गनाको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर। झापाका पुराना एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ । कोशी प्रदेशका सदस्य तथा झापा रेफ्रीका पूर्व बरिष्ठ उपाध्यक्ष ढुंगानाको आज निधन भएको हो ।

उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो ।

झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए । उनी झापा बुधबारे निवासी हुन् । उनले नेपाल र भारतका सयौँ फुटबल प्रतियोगितामा मुख्य निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उनी शुक्रबार उपचारका लागि हस्पिटलमा भर्ना भएका थिए । आइसीयुमा उपचारका क्रममा आज निधन भएको झापा रेफ्रीका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।

अध्यक्ष दनुवारका अनुसार दिवंगत ढुंगानाको भोलि (शनिबार) हडिया खोलाको चिलिम घाटमा अन्त्येष्टि गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.