युवा साहित्यकार रुपक अधिकारीको उपन्यास ” आधा मण्डप”विमोचन

काठमाडौं । उपन्यास ‘आधा मण्डप’ विमोचन गरिएको छ ।

युवा साहित्यकार रुपक अधिकारीको दोस्रो कृति ‘आधा मण्डप’ प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच विमोचन गरिएको हो।उपन्यास लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ ‘नेपाली’ लगायतले विमोचन गर्नुभएको हो । उपन्यासकार अधिकारीको यसअघि ‘साढे ३ हत्या’ नामक उपन्यास प्रकाशित छ ।

उपन्यासकार अधिकारीले नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रित रहेर ‘आधा मण्डप’ उपन्यास लेखिएको जानकारी गराउनुभयो । रिड एण्ड राइज पिक्चर एण्ड प्रिन्टद्वारा वितरित उपन्यासको प्रकाशक अमीर केसी र सहदेव अर्याल ‘यात्री’ रहनुभएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.