“पहिचान पुरस्कार २०७९” जङ्क्सन पिपल बोट र थाङ्ग्रालाई प्रदान गरिने

मेचीनगर।२०७९ सालको ‘पहिचान पुरस्कार’ प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’ र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

पहिचान पुरस्कार कोषको बैठकले ‘जङ्क्सन पिपलबोट’ र ‘थाङ्ग्रा’लाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि छानिएका उत्कृष्ट आठ पुस्तकमध्येबाट जुरीले सर्वोत्कृष्ट ठहर्याएका यी दुई कृतिलाई पहिचान पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ।
२०८१ साल बैशाख २२ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ चखियामा पुरस्कार वितरण गरिने पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.