थोप्लेविरान सामुदायिक वनको साधारणसभामा संस्थापकदेखि पूर्व अध्यक्षसमेतलाई सम्मान

सामूदायिक वनहरुले पर्या—पर्यटनमा निक्कै ठुलो योगदान पुरयाएको भनाई

२७ मंसिर, मेचीनगरः श्री थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूह मेचीनगर —९ ले बुधबार संस्थापक अध्यक्ष सहित पाँचजनालाई सम्मान गरेको छ । समूहको २८ औँ वार्षिक साधारण सभाको अवसर पारेर संस्थापक अध्यक्ष लक्ष्मण न्यौपाने र पूर्व अध्यक्षहरु टीकाराम भण्डारी, इन्द्र पाठक, छविलाल गौतम र श्याम पाठकलाई सम्मान गरेको हो ।

समूहको कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मानित सवैलाई अविर टिका माल पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

समूहको चौतर्फी विकस र उन्नति प्रगतिमा उहाँहरुले पुर्याउनु भएको महत्वपूर्ण भूमिका र योगदानको कदर स्वरुप सम्मान गरिएको बताईएको छ । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख उप्रेतीले नगरभित्र रहेका सामूदायिक वनहरुले नगरक्षेत्रभित्र पर्या—पर्यटनमा निक्कै ठुलो योगदान पुरयाएको चर्चा गर्नुभयो ।

वन नीति (हुभर फर्मुला अहिलेको नयाँ काठ मापन विधी), वन डढेलो। चोरी निकासी तथा तस्करी, जलवायु परिवर्तनका असरहरु, वन्यजन्तुले क्षति पुर्याएका बालीनालीमा दिने राहतमा ढिलासुस्ती, सामुदायिक वनमा चुरेक्षेत्रबाट ढुङ्गा, गिटी वालुवाको दोहन नगरमा रहेका सामुदायिक वनको क्षेत्रमा देखिएका मुख्यः चुनौती रहेको यी चूनौती समाधानमा स्थानीय सरकार सक्रियपूर्वक लागि पर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

मेचीनगरभित्र कालिका सामूदायिक वनको कालिका सिमसार, बाँसबारी सामूदायिक वनको बाँसबारी सिमसार, मागुमाडी सामूदायिक वनको मागुरमाडी सिमसार,खुट्टीडाँगी सामूदायिक वनको खुट्टीडाँगी सिमसार, हातेमालो सामूदायिक वनको निचाझोडा सिमसार, प्रगति सामूदायिक वनको कालीखोला सिमसारले पर्या—पर्यटनमा निक्कै ठुलो भूमिका खेलेको नगर प्रमुख र उप्रमुखको भनाई थियो । सिमसार बाहेक पर्या—यर्पटनमा थोप्लेबिरान सामूदायिक वन र तेलपानीको सामूदायिक वन बृन्दावनकारुपले समेत निक्कै चर्चा कमाएको बताइएको छ ।

सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले सामुदायिक वनमा लगाइएको तेहेरो कर फिर्ता हुनु, पान नम्बर सहजरुपमा प्राप्त गर्नु, दिगो वन ब्यवस्थापनको कार्यक्रम अघि बढ्नु, जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न अनुकूलनका योजनाहरु तयार गर्नु, सामुदायिक वनहरु पर्या—पर्यटन उद्यममा अगाडी बढ्नु, वनक्षेत्रभित्र वन्यजन्तुका लागि खाद्य आहार, बास, केरा रोपण, र पिउने पानीको निम्ती पोखरीहरुको संरक्षण गर्नु, वनक्षेत्रमा डिपिआर तयार गरेर सोलार फेन्सिङ्गमार्फत जंगली हात्तीको क्षति रोकथामको निम्ती ७५ किलो मिटर डिपिआर भएकोमा मेचीनगरको बाँसबारी, मागुरमाडी बिट नम्बर १ र २, थोप्लेबिरानसामुदायिक वनक्षेत्रमा फेन्सिङ्ग गरी गाउँक्षेत्रमा हात्ती प्रवेशका निम्ती रोक लगाउनुलाई निक्कै ठूलो उपलब्धिकारुपमा लिइएको बताउँर्दै मेचीनगरका धेरै सामुदायिक वन श्रोत विहीन भएकाले सञ्चालनमा समस्या आउने गरेको स्पष्ट पार्नुभयो ।

श्री थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूह मेचीनगरका अध्यक्ष कृष्णप्रसाद कोइरालाले सभापतिको आसनबाट आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । वन विभागले समूहले विधान तथा कार्ययोजना विपरीतका समय समयमा जारी गरिने विक्री वितरण निर्देशिका अनुसार गोलिया काठ मापन गर्ने प्रविधि सुत्र परिवर्तन गर्ने जस्ता समुहको हित पिवरीतको शर्त अनुसार समूह सञ्चालन गर्दा, वन पैदावर अरीद गर्दा उपभोक्ताहरुलाई मार पर्ने भउको र काठजन्य सामाग्रीको विकलपमा हाल निर्माण कार्यमा अन्य सामाग्ी छिटो, छरितो , सस्तो उपलब्ध हुन थालेको र वन पैदावार खरीद गर्दा बढी मूल्य भूक्तानी गर्नुपर्दा उपभोक्ताहरुमा समुहप्रति नैर्यस्यता भएको आभास महशुस हुनुका साथै समयमा वन पैदावार विक्री नहँदा पटक पटकको मूल्य परिवर्तन गरी विक्री गर्नु पर्दा र विक्री नभएका वन पैदावार दिनहुँ हैसियत खराव भई थप आर्थिक भार थपिएको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

समूहका उपभोक्ताहरु वनको संरक्षण सम्वद्र्घन र विकासमा सक्रिय सहभागिताका कारण वनको हैसियतमा सुधार भई लोपोन्मुख वनस्पतिहरुको उत्पादन वन्यजन्तु मृग, हरिण, स्याल, चराचुरुङ्गीलगायतका वन्यजन्तुहरुको संखयामा बृद्घि भएको अध्यक्ष कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सामुदायिक वन कार्यक्रमबाट वनक्षेत्रको विकास सँगसँगैं उपभोक्ताहरुमा सामुहिक भावनाको सोचको विकास भई आय आर्जन तथा बचत गर्ने बानीको विकास समूहबाट शुरु गरिएको सहकारीको माध्यमबाट आर्थिक पक्ष सवल भई उपभोक्ताहरुको जीवनस्तरमा सुधार हुनका साथै सामुदायिक वनकै कारण उपभोक्ताहरुमा विभिन्न संघ संस्थाहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको उदारहण भएको प्रतिवेदनमा उल्लेख छ ।

समूहकी सचिव जानुका न्यौपाने ओलीले सञ्चालन गर्नुभएको उदघाटन सत्रमा लेखा समिति संयोजक चन्द्रमणि विष्टले ६९ लाख ३७ हजार ४ सय ८२ रुपैयाँको प्राप्ति तथा भुक्तानी विवरण प्रस्तुत गर्नुभयो भने बजेट मस्यौदा समितिका सदस्य रुद्र फूयाँलले चालु आर्थिक वर्ष २०८०/०८१ को ३७ लाख ६९ हजार ५ सय ६९ रुपैयाँको अनुमानित आय प्रस्तुत गर्नुभएको थियो । साधारणसधाको उद्घाटन सत्रमा सहभागी सवैलाई समूहका उपाध्यक्ष नवराज फुयेँलले शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.