कोरिया गएका बुद्धशान्तिका एक युवकको मृत्यु

मेचीनगर। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका– ३ स्थित कञ्चनवारि का ३० वर्षीय पदम  सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ ।

मृत्युको कारण भने खुलेको छैन । न्यौपाने  दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया गएका थिए ।

एक वर्षअघि बिदा लिएर घर आएका उनी फेरि रोजगारीका लागि कोरिया फर्किएका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.