ईपिएस परीक्षार्थी र प्रहरीबिच झडप हुँदा एक जनाको मृत्यु

काठमाडौँ। ईपिएस परीक्षार्थी र प्रहरीबिच ललितपुर क्षेत्रमा भएको झडपमा एक जनाको मृत्यु भएको छ।

झडपमा परी अचेत अवस्थामा इमाडोलस्थित किस्ट अस्पतालमा उपचार गर्न पुर्‍याइएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो। राउत दैलेखका हुन्।

अस्पतालका सिइओ अमिश पाठकले राउतको मृत्यु भएको पुष्टि गरे। ‘सडकमा अचेत भएको अवस्थामा फेला परेपछि स्थानीयले उठाएर १२ः४० मा अस्पताल पुर्‍याएका थिए,’ पाठकले नागरिकसँग भने, ‘१ः१७ मा उहाँको निधन भएको छ।’ पाठकका अनुसार मृतक राउतको छातीमा नीलडामहरू देखिएका छन्।

यसअघि आन्दोलनरत इपिएस परिक्षार्थीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसयता बालकुमारी क्षेत्र तनावग्रस्त छ। प्रहरीले अश्रुग्यास र गोलीसमेत प्रहार गरेको छ। गाडी आगजनीमा संलग्न भएको आरोपमा दर्जनौँ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.