इपिएस परीक्षा दिन नपाएका विद्यार्थीले गरेको आन्दोलनमा ज्यान गुमाएका दुवै युवकको पहिचान खुल्यो

काठमाडौँ। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका दुवै जनाको पहिचान खेलेको छ।

मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए। उनले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको बताए।
वीरेन्द्र शाहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइनसकेको उनको भनाइ छ। प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। शाहको पाटन अस्पतालमा र रावतको किष्ट अस्पतालमा मृत्यु भएको हो।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.