काँकरभिट्टा बहुमुखी क्याम्पसको रजत जयन्ती, विविध कार्यक्र गरी मनाईयो

१३ पौष, मेचीनगर : झापाको मेचीनगर —६ स्थित काँकरभिट्टा बहुमुखी क्याम्पसले आफ्नो स्थापनाको २५ औँ बार्षिकोत्सव (रजत जयन्ती) विविध कार्यक्रम गरी मनाएको छ । साँस्कृतिक कार्यक्रम, शुभकामना मन्तव्य, कविगोष्ठी क्याम्पस दर्पण लोकार्पणसहित क्याम्पसले आफ्नो स्थापनाको २५ औँ बार्षिकोत्सव (रजत जयन्ती) विविध कार्यक्रम गरी मनाएको हो ।

शुक्रबार क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले विधिवतरुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दैं प्रमुख अतिथि उपप्रमुख उप्रेतीले नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने स्पष्ट पार्नुभयो । यसका लागि स्थानीय सरकार लागि परेको र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको जानकारी गराउनुभयो । । स्थानीय सरकारले सिमीत श्रोत र साधनका बाबजुद पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदैं उहाँले शिक्षा, स्वास्थ्य, कृषिलगायत स्थानीय सरकारको प्राथमिकतामा रहेको धारणा राख्नुभयो ।

गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं उहाँले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताउनुभयो । उत्पादन एवम् उद्यमशिलता अभिवृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्ने स्पष्ट पार्नुभयो । ‘उद्यमशीलता, उत्पादन र रोजगारी बृद्घिको लागि शिक्षलाई सीपसँग जोड्नुपर्छ’ उपपमुख उप्रेतीले भन्नुभयो—‘ हामीले पढेका धेरै ज्ञानको जीवनमा उपयोग नै आउदैनन् , व्यवहारमा प्रयोग हुदैन् भने डिग्री गरे पनि त्यस्तो शिक्षाको महत्व के ? प्रश्न गर्नुभयो । त्यस्ता डिग्री कागजको खोस्टा समान हुन् व्यवहारीक ज्ञानलाई चिनौ ।’ व्यवहारिक शिक्षा आजको आवश्यकता भएको भन्दैं उहाँले पढौं पढाऔँ र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ पुस्तकालयको महत्व र पठन संस्कृतिको विकास गर्न आग्रह गर्नुभयो । मेचीनगरभित्र सञ्चालनमा रहेका तीनवटा सामुदायिक क्याम्पस नगरकै गहना भएका र यसको टिकाउका लागि आम नगरवासीको कर्तव्य रहेको उहाँले औल्याउँनुभयो ।

क्याम्पसको विगतदेखि बर्तमानसम्मको सवै अवस्थाकाबारेमा स्थानीय सरकार जानकार रहेको र क्याम्पसको शैक्षिक सुधारकालागि हरेक वर्ष बजेटमा सम्बोधन हुदैं आएको समेत उहाँले जानकारी गराउनुभयो । जग्गा स्वामित्वका बारेमा सम्बन्धित पक्षसँग पटक पटक छलफल चलेको अहिले पनि वार्ता र छलफलका माध्यमाबट यसलाई टुङग्याउने गरी स्थानीय सरकार लागेको बताउँनुभयो ।

क्याम्पसमा अक्षयकोष स्थापना गरेर अक्षयकोष दाताहरुले ठूलो गुण लगाएको भन्दैं उहाँले अक्षयकोष दाताहरुप्रति हार्दिक सम्मन र आभार समेत व्यक्त गर्नुभयो । ‘नगरभित्रको ठूलो विद्यार्थीहरुको संख्या उच्च शिक्षाकै लागि नगरभित्रै रहेका सुविधा सम्पन्न र गुणस्तरीय शैक्षिक संस्था छाडेर बाहिर जाने गरेका छन् ’ उपप्रमुख उप्रेतीले भन्नुभयो—‘ यो किन भईरहेको छ, कारण खोजौं र समस्या भए समाधान गरौ । ’

क्याम्पस सञ्चालक सदस्यका वरिष्ठ सदस्य भगिरथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा काँकरभिट्टा बहुमुखी क्याम्पस प्रकाशकर द हव , काँकरभिट्टा आवरण डिजाईन रहेको बर्ष ३ अंक १ क्याम्पस दर्पण( वार्षिक प्रतिवेदन २०७९/०८०) को लोकार्पण समेत भयो । प्रमुख अतिथि उपप्रमुख उप्रेतीसहित सहभागी अतिथिहरुले संयुक्तरुपमा क्याम्पस दर्पणको लोकार्पण गर्नुभएको थियो । क्याम्पस दर्पणका विषयमा अध्यापक कुलदिप घिमिरेले टिप्पणी गर्नुभयो । बार्षिकोत्सवकै अवसर पारेर विभिन्न समयमा सञ्चालन गरिएको प्रतियोगितात्मक विधाका विजयीलाई पुरस्कार तथा सम्मान प्रदान गरियो । शैक्षिक पुरस्कार अन्तर्गत आन्तरिक परीक्षा २०७९÷ ०८० तर्फ समिर फूयाँल, दिपा पोखरेल, छन्दविक्रम चौहान र निरमया खड्का २०८० पौष १ देखि ६ सम्म आन्तरिक परीक्षातर्फ सुजाता पनेरु, दिपा पोखरेल, माया देवी चोहान, निरमाया खड्का स्नातक तह प्रथम वर्ष बोर्ड परीक्षा २०७८ को सर्वाेत्कृट अंक प्राप्त गर्ने चिरञ्जिवी थापा र सेजल चौहान, स्नातक तह दोस्रो वर्ष बोर्ड परीक्षा २०७८ को सर्वाेत्कृट अंक प्राप्त गर्ने दिपा पोखरेल र निरमाया खड्का स्नातक तह तेस्रो वर्ष बोर्ड परीक्षा २०७८ को सर्वाेत्कृट अंक प्राप्त गर्ने रामप्रसाद मिश्र र सन्देश राईलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरियो ।

स्नातक तह चौथो वर्ष बोर्ड परीक्षा २०७८ को सर्वाेत्कृट अंक प्राप्त गर्ने चादनी गुरुङ, कुनाल थापा र सन्देश राईलाई पुरस्कार प्रदान गरियो । दुर्गा भण्डारी, मायादेवि चौहान र पूजा बस्नेत क्याम्पसको भर्ना अभियानको भिडियो प्रतियोगिातामा प्रथम, दोस्रो र तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमस नगद ५ हजार ५ सय, ४ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ बराबरको छात्रावृत्ति प्राप्त गरे । सचिन तिम्सिनाको भिडियो सृजनात्मक उत्कृष्ट भएर ५ हजार ५ सय रुपैयाँको छात्रावृत्ति प्राप्त गरे । आन्तरिक चित्रकला प्रतियोगितातर्फ नितेश श्रेष्ठ, विशाल तामाङ र विज्ञान राई क्रमस प्रथम, दोस्रो र तेस्रो घोषित भए । उनीहरुले पुरस्कारसहित प्रमाणपत्र हात पारेका थिए ,

प्रतियोगितात्मक कवि गोष्ठीका प्रथम, दोस्रो र तेस्रो हुने क्रमस दुर्गा भण्डारी, विद्या भण्डारी र सौजन अधिकारीलाई प्रमाण पत्रसहित पुरस्कार प्रदान गरियो । प्रतियोगितात्मक बुद्घिचालतर्फ प्रथम र दोस्रो हुने आकाश बस्नेत र साहिल सत्याललाई पुरस्कारसहित प्रमाण पत्र प्रदान गरियो । आन्तरिक क्रिकेट प्रतियोगितामा विविएस, विएड तेस्रो वर्षको संयुक्त टिम विजयी बन्दैं नगद ३ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्यो । उत्कृष्ट खेलाडी कृष्ण राजवंशी घोषित भए । आन्तरिक फुटबल प्रतियोगितातर्फ विविएस विएड दोस्रो वर्षको टिम विजयी भएर नगद ३ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्यो । ५ गोल गर्ने विशाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । कार्यक्रममा प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

अध्यापक दुर्गाबहादुर लुईटेलले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा सहभागी सवैलाई क्याम्पस सञ्चालक सदस्य हरिप्रसाद तिम्सिनाले शब्दमार्फत स्वागत र सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले क्याम्पसको विगतदेखि वर्तमान अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.