मेचीनगरमा अभियान सफल पार्न छलफल र अन्तरक्रिया जारी : अनर्गल प्रचारको पछि नलागेर औषधि सेवन गर्ने प्रतिवद्धता

१० वैशाख, मेचीनगर : आगामी बैशाख १६ गतेबाट शुरुहुने हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियानलाई लक्षित गर्दै मेचीनगर नगरपालिकाको नगरस्तरीय स्वास्थ्य शाखाले सोमबार झापाको काँकरभिट्टामा नागरिक समाज, सुरक्षाकर्मीलगायत सर्वसाधारणसँग अन्तरक्रिया र छलफल गरेको छ । आम राष्ट्रिय हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान २०८०÷०८१ अन्तर्गत समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरुले आम औषधि सेवन नै रोगबाट बच्ने सर्वाेत्तम उपाय भएको भन्दैं औषधिको बारेमा हुने अनर्गल प्रचारको पछि नलागेर सेवन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सदा झै यसवर्ष पनि आगामी बैशाख १६ देखि ३० गतेसम्म हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियान सञ्चालन हुदैंछ ।

गतवर्षभन्दा उल्लेखियरुपमा सवैको सक्रिय जनसहभागिता होस भन्ने उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । विभिन्न चिया बगान, उद्योग र कलकारखना शैक्षिक संस्थामा हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने विषयमा अन्तरक्रिया र छलफल गर्दा अभियान सफल हुने विश्वाससहित शाखाले माइकिङ प्रचार प्रसार तथा अभियान अवधिभर प्रभावकारीरुपमा औषधि खुवाउन हरेक समुदाय सक्रिय रहनुपर्ने कार्यक्रममा बताईएको थियो ।

मेचीनगर—६ काँकरभिट्टास्थित मेची सामुदायिक सभाहलमा आयोजित कार्यक्रममा शाखा प्रमुख सापकोटाले सहभागीहरुलाई अभियान सफल पार्न आग्रह गदैं यो औषधि सेवन गर्न कोहि छुट्न नहुने बताउनुभयो । शहरीक्षेत्रमा औषधि प्रति नकरात्मक प्रचार प्रसार भएकाले यस सम्बन्धी स्पष्ट पार्न समेत यस्ता कार्यक्रम लाभदायक हुने उहाँको भनाई छ । प्रत्येक वडा वडामा सञ्चालन हुने क्रियाकलापको प्रचार प्रसार, कार्यक्रमको अनुगमन, खान छुट भएकाो स्थानमा स्वासथ्यकर्मीसँगै औषधि खुवाउन परामर्श, सहजिकरण नकरात्मक र अनर्गल प्रचार, हल्लालाई सकरात्मक परामर्श प्रदान गर्न सवैको भूमिका हुने शाखा प्रमुख सापकोटाले सहभागीहरुलाई बताउनुभयो । स्वास्थ्यकर्मीहरुको टोलीले सहभागीहरुलाई रोग, यसबाट बच्ने उपाय, लक्षणलगायतका बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो ।

‘मेचीनगर नगरपालिकाको आव्हान, हात्तीपाइले रोगमुक्त नगर हाम्रो अभियान’ भन्ने मुख्यः नारालाई सार्थक बनाउन नगरका विभिन्न वडामा हात्तीपाइले रोग, यसबाट बच्ने उपाय तथा रोगका लक्षणलगायतका विविध विषयमा अन्तरक्रियालाई तीब्र पार्दै आएको छ । विद्यार्थीहरुलाई औषधि खुवाउन प्रचार प्रसार र औषधि खुवाउन स्वास्थ्यकर्मीलाई सहयोगमा शिक्षक तथा विद्यालयको महत्वपूर्ण भूमिका रहने बताईएको छ । स्वास्थ्यकर्मीहरुलाई आ—आफ्नो टोलमा औषधि खुवाउने कार्यमा सघाउन र प्रचार प्रसारलाई तीब्र बनाउन हरेक टोल विकास संस्थाका पदाधिकारीहरुलाई उहाँ आग्रह समेत गर्नुभएको छ ।

स्वास्थ्यकर्मीहरुलाई औषधि खुवाउने कार्यमा सघाउन र प्रचार प्रसारमा सहयोगका लागि नगरका विभिन्न संघ संस्थाको अपरिहार्य भूमिका रहने शाखाका सहसंयोजक पुजन अधिकारीको भनाई छ । उहाँले नकरात्मक हल्लालाई सकरात्मक परामर्श र प्रचार प्रसारमा नीजि क्लिनिको भूमिका रहने भएकाले यस्ता क्लिनिकहरुलाई अभियानमा हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभएको छ । मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गको अध्यक्षता र काँकरभिट्टा स्वास्थ्य चौकीका अहेव विष्णुप्रसाद घिमिरेले सञ्चालन गरेको अन्तरक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु, विद्यार्थी शिक्षकलगायात सर्वसाधारणको उपस्थिती रहेको थियो ।

Exit mobile version