पहिला पितासँग त, अहिले पुत्रसँग पराजित : १६ जना उमेद्वारको जमानत जफत, १० जनाले एकसय मत पनि पाएनन्

१८ वैशाख मेचीनगर : पहिला पितासँग पराजित बन्नु भएका नेपाली काँग्रेसका डम्वरबहादुर खड्का यो निर्वाचनमा पुत्रसँग पराजित बन्नु भएको छ । १५ बैशाखमा सम्पन्न इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचनको मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभयो । २०७९ को निर्वाचनमा र सुहाङ पिता सुवास नेम्वाङसँग १ सय १४ मत कम ल्याएर पराजित हुनुभएका खड्का यो उपनिर्वाचनमा उनै नेम्वाङ पुत्र सुहाङसँग ५ हजार ८ सय ३० मतान्तरले पराजित हुनुभयो । खड्का नेपाली काँग्रेस इलाम जिल्लाका सभापति समेत हुनुहुन्छ ।

निर्वाचन कार्यालयका अनुसार इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मंगलबार विहान सम्पन्न अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ‐रास्वपा)सहित १६ जना उम्मेद्वारको जमानत जफत भएको छ भने, दशजना उम्मेद्वार त एकसय मत समेत पाएनन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि मत प्राप्त गर्न नसकेपछि उनीहरुको जमानत जफत भएको हो । १५ बैशाखमा सम्पन्न निर्वाचनमा कुल ६९ हजार ३ सय ७४ मत गणना हुँदा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । जमानत ‐धरौटी ) जोगाउन ६ हजार ८ सय ४७ मत आवश्यक पर्छ । नेकपा एमालेकातर्फबाट विजयी उम्मेद्वार सुहाङ नेम्वाङ्ग,उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का तथा तेस्रो स्थानमा रहेका पहिचान पक्षधरतर्फबाट उम्मेदवार डकेन्द्रसिंह थेगिमबाहेक अन्य कसैले पनि आफ्नो जमानत ‐धरौटी) जोगाउन सकेनन् ।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ‐रास्वपा) का उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बूले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उहाँको जमानत ‐धरौटी ) जफत भएको हो । लिम्बूले ५ हजार ५० मत मात्रै प्राप्त गर्नुभएको थियो । लिम्बूले २०७९ को निर्वाचनमा रास्वपाका उम्मेद्वारले प्राप्त गरेको १ हजार ३ सय ८० पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सक्नु भएन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधरतर्फबाट मुढा चुनाव चिन्हका उम्मेद्वार उम्मेदवार डकेन्द्रसिंह थेगिमले १ हजार ४ सय ५७ मत प्राप्त गर्नुभयो । जस्ले उहाको जमानत ‐धरौटी) जोगिएको छ ।

कुखुराको भाले चुनाव चिन्ह मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले ८ सय १६ मत प्राप्त गर्नुभएको छ ।

दशजना उम्मेद्वारले त एकसय मत समेत प्राप्त गर्न सकेनन् । माछा चुनाव चिन्हका स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले सवै भन्दा कम ४ मत प्राप्त गर्नुभयो भने, त्यसपछि कम प्राप्त मत गर्नेमा मादल चुनाव चिन्ह नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी हुनुहुन्छ । उहाँले ३३ मत मात्र प्राप्त गर्नुभएको थियो । यसैगरी, हलो चुनाव चिन्ह राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४ सय ४ मत , कलम चुनाव चिन्ह नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीका जितबहादुर राईले ४ सय ८ मत प्राप्त गर्नुभएको थियो ।

लाउड स्पिकर चुनाव चिन्हका उम्मेद्वारले १ सय १८ र गोरुगाडाको चक्का पाङ्ग्रो चुनाव चिन्हका उम्मेद्वारले २ सय ६ मत मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार जुँगा सहितको अनुहार चुनाव चिन्हका उम्मेद्वारले ३८,माछा चुनाव चिन्हका उम्मेद्वारले १२, सिरिञ्ज चुनाव चिन्हका उम्मेद्वारले २१, डोजर चुनाव चिन्हका उम्मेद्वारले ५५, षटकोण चुनाव चिन्हका उम्मेद्वारले ४३,उडीरहेको माहूरी चुनाव चिन्हका उम्मेद्वारले ३६, तीर चुनाव चिन्हका उम्मेद्वारले ४३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.