सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी

२७ भदौ, काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको शीतल निवास स्रोतले जनाएको छ। नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै शपथ ग्रहण गराउने सम्भावना रहेको छ।

जेनजी समूहको चर्को दबाबपछि राष्ट्रपति पौडेलले बिहीबार मध्यरातसम्म प्रधानसेनापति, दलका शीर्ष नेता र संविधानविद्हरूसँग छलफल गरेका थिए। सहभागीहरूले संविधान नमासिने गरी अघि बढ्न सुझाव दिएका थिए। संविधानको संरक्षकका रूपमा राष्ट्रपति पौडेलले पाएको अधिकार प्रयोग गरी गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निष्कर्षमा पुगेको बताइएको छ।

राष्ट्रपतिले संवैधानिक कानुनका विज्ञहरूसँग पनि अबेर रातिसम्म छलफल गरेका थिए। छलफलमा संविधानलाई जीवित राख्ने गरी कार्कीलाई कसरी नियुक्त गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीय चासो थियो।

यसअघि राष्ट्रपतिले सभामुख देवराज घिमिरे र प्रधानसेनापति अशोक राज सिग्देलसँग पनि छलफल गरेका थिए। ती छलफलमा कार्कीको नाममा सहमति बनेपछि राष्ट्रपति पौडेलले नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेका हुन्। राजनीतिक दलहरूलाई अनौपचारिक रूपमा यसबारे जानकारी गराइएको स्रोतले जनाएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.