मानव अधिकार आयोगको चासो: हिंसापछि सरकार गठन प्रक्रियामा ध्यान, ‘कानूनी शासनको जगमा निकास’ खोज्न राष्ट्रपतिलाई आग्रह

काठमाडौँ, भदौ २७: देशभर भएको आन्दोलनमा जनधनको व्यापक क्षति भएपछि राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास खोज्नुपर्नेमा जोड दिएका छन्।

आयोगले मुलुकको वर्तमान संकटपूर्ण अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ।” आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानुनी शासनको रक्षाका लागि आवश्यक काम हुने विश्वास व्यक्त गरेको छ।

दमनका बेला मौन, सरकार गठनमा चासो
सुरक्षाकर्मीको व्यापक बल प्रयोगका कारण १६ जनाको मृत्यु र अन्य सयौँ घाइते हुँदा तथा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जस्ता राष्ट्रिय सम्पत्तिमा आगजनी हुँदा मौन बसेको भन्दै आयोगको भूमिकामाथि प्रश्न उठेको छ। ती घटनाहरूको सूक्ष्म अध्ययन गर्न चुकेको मानव अधिकार आयोगले नयाँ सरकार गठनको प्रक्रियामा चासो देखाएको हो।

गत सोमबारको हिंसात्मक घटनाका बेला आयोगका अध्यक्ष तपबहादुर मगर भाषागोष्ठीमा व्यस्त रहेको भन्दै आलोचना भएको थियो। यस्ता घटनाका बेला सक्रिय हुनुपर्ने आयोग अहिले सरकार गठनको प्रक्रियामा संलग्न भएर ‘सरोकारवालाहरूसँग पनि निरन्तर सम्पर्कमा रहेको’ जनाएको छ। यसले आयोगले घटनाको अनुगमनभन्दा पनि राजनीतिक प्रक्रियामा बढी चासो लिएको देखिन्छ।

हेर्नुहोस् आयोगको विज्ञप्ति :

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.