निर्वाचन आयोगद्वारा तोकिएको समयमै चुनाव गराउने प्रतिबद्धता व्यक्त

काठमाडौँ, भदौ २८: ‘जेन-जी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले तोकेको मितिमा निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार बिहान नेपालखबरसँगको कुराकानीमा आयोग चुनावका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन्।

भण्डारीले भने, “हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ, मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल होला। हाम्रो तर्फबाट आजैदेखि तयारीमा लाग्छौँ।”

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिसकेका छन्। प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारीसहित शुक्रबार पदभार ग्रहण गरेकी थिइन्।

हाल मन्त्रिपरिषद् विस्तारको गृहकार्य चलिरहेको छ। आयोगको यो तयारीसँगै मुलुक छिट्टै नयाँ जनादेशमा जाने सुनिश्चित भएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.