अपराजित एपीएफ बन्यो राष्ट्रिय महिला लिग च्याम्पियन

सरु लिम्बु महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी

७ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले पराजित गरेपछि एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।

लिगमा एपीएफको नतिजा

एपीएफ ६-० चन्द्रपुर

एपीएफ ७-० विराटनगर महानगरपालिका

एपीएफ २-० आर्मी

एपीएफ ३-० पुलिस

एपीएफ ३-० वालिङ नगरपालिका

एपीएफ २२-० चौदण्डीगढी नगरपालिका

एपीएफ १४-० चौण्डीगढी नगरपालिका

एपीएफ ८-० चन्द्रपुर नगरपालिका

एपीएफ ६-० वालिङ नगरपालिका

एपीएफ २-१ पुलिस

एपीएफ १-० विराटनगर  महानगरपालिका

एपीएफ ३-० आर्मी

त्यसैगरी  एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरुले सर्वाेत्कृष्ट घाेषित हुँदै स्कुटर प्राप्त गरिन् ।

कसले कति पुरस्कार पाए ?

विजेता : एपीएफ १५ लाख रुपैयाँ

उपविजेता : त्रिभुवन आर्मी क्लब ८ लाख रुपैयाँ

तेस्राे : नेपाल पुलिस क्लब ५ लाख रुपैयाँ

चाैथाे : वालिङ नगरपालिका ३ लाख रुपैयाँ

फियर प्ले अवार्ड : चन्द्रपुर नगरपालिका १ लाख ५० हजार रुपैयाँ

विधागत उत्कृष्टहरु :

बेस्ट प्लेअर : सरु लिम्बु (एपीएफ) स्कुटर पुरस्कार

बेस्ट गाेलकिपर : उषा नाथ ( नेपाल पुलिस क्लब)

बेस्ट डिफेण्डर : अमृता जैसी ( नेपाल पुलिस क्लब)

बेस्ट मिडफिल्डर : विमला चाैधरी (आर्मी)

बेस्ट फरवार्ड : सावित्रा भण्डारी (एपीएफ)

बेस्ट काेच : भगवती थापा (एपीएफ)

उत्कृष्ट सबैलाई नगद ५० हजार

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.