विदेशबाट फर्किने नेपालीलाई सरकारको ठूलो राहत: थप मोबाइल, ६५ इन्चको टिभी र ल्यापटपमा भन्सार पूर्ण छुट

काठमाडौँ । सरकारले वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा विदेश गई स्वदेश फर्किने नेपाली नागरिकहरूका लागि व्यक्तिगत विद्युतीय उपकरण, घरायसी सामान र स्वास्थ्य सामग्रीमा ठूलो आर्थिक राहत दिँदै भन्सार महसुल पूर्ण छुटको नयाँ झोलापोका (ब्यागेज) नियम लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य भन्सार नाकाहरूमा यात्रुहरूले विनाझन्झट आफ्ना व्यक्तिगत सामानहरू भन्सार महसुल नतिरी ल्याउन पाउनेछन्।

नयाँ नियमअनुसार यात्रुले आफैँले प्रयोग गर्ने एक थान ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, हातमा बाँध्ने घडी र क्यामेरामा पूर्ण भन्सार छुट पाउनेछन्। यसका अतिरिक्त, वैदेशिक रोजगारमा गई कम्तीमा ६ महिना काम गरेर श्रम स्वीकृतिसहित फर्केका नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोगमा रहेको गुड्सबाहेक थप एक थान नयाँ मोबाइल फोन समेत कुनै महसुल नतिरी ल्याउन पाउने व्यवस्था गरिएको छ। त्यस्तै, कम्तीमा १२ महिना वैदेशिक रोजगारीमा बिताएर फर्कने नेपालीका लागि भने एक पटकका लागि ६५ इन्चसम्मको टेलिभिजन (टिभी) मा पूर्ण भन्सार छुटको व्यवस्था गरिएको छ।

स्वास्थ्य, खाद्यान्न र विशेष आवश्यकता भएका नागरिकहरूका लागि पनि सरकारले नियम निकै खुकुलो बनाएको छ। बिरामीले आफ्नो उपचारका लागि साथमा ल्याएको औषधि र शारीरिक रूपमा अशक्त व्यक्तिले सहाराका रूपमा प्रयोग गर्ने सहयोगी वस्तुहरू (जस्तै ह्विलचेयर, वैशाखी आदि) मा कुनै महसुल लाग्ने छैन। यसका साथै यात्रुहरूले आफ्नो साथमा ७ किलोग्रामसम्म खाद्य परिकार भन्सार विना सहजै ल्याउन सक्नेछन्।

सरकारले भन्सार कार्यालयका प्रमुखहरूलाई विशेष परिस्थितिका लागि स्वविवेकिय अधिकार समेत दिएको छ। यदि कुनै यात्रुले तोकिएभन्दा केही बढी परिमाणमा सामान ल्याएमा यात्रुको वास्तविक अवस्था, उसको परिवार संख्या, ऊ बसेको मुलुक र त्यहाँ बिताएको समयावधिलाई न्यायोचित मूल्याङ्कन गरेर भन्सार प्रमुखले आवश्यकता अनुसार थप छुट दिन सक्ने व्यावहारिक व्यवस्था समेत कार्यविधिमा थपिएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.