अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी, नेपाल भ्रमण नगर्न आग्रह

काठमाडौँ,वैशाख २९ । अमेरिकाले भारतपछि नेपाललाई कोभिड–१९ को अत्यन्तै खतरा मुलुक भएको बताउँदै आफ्ना नागरिकलाई भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बुधबार लेभल–४ को ट्राभल हेल्थ नोटिस जारी गरी नेपाललाई कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकमा राखेको हो ।

उक्त सूचना अनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार नेपालका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा नेपालमा भ्रमण नगर्न भनिएको छ ।

नेपालको नियमित अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले नेपालस्थित अमेरिकी राजदूतावासमा सम्पर्क राख्न समेत भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.