‘जेन-जी’ आन्दोलनका मृतकको शव सेनाको हेलिकप्टरबाट गृह जिल्ला पठाइयो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : सरकारले राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेपछि ‘जेन-जी’ आन्दोलनका क्रममा मृत्यु भएका ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूको गृह जिल्ला पठाइएको छ।

टिचिङ अस्पतालमा पोस्टमार्टम सकिएपछि मृतकहरूको शवयात्रा काठमाडौँको नगरपरिक्रमा गराइएको थियो। त्यसपछि, सुनसरी, उदयपुर, सिरहा, धनकुटा र संखुवासभाका मृतकहरूको शवलाई सामाजिक परम्पराअनुसार अन्तिम संस्कारका लागि परिवारका सदस्यहरूसहित हेलिकप्टरमार्फत गृह जिल्ला लगिएको नेपाली सेनाले जनाएको छ।

यसैबीच, अन्य ४ जनाको शवको भने आजै पशुपतिमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। सरकारले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र उनीहरूको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.