सडक स्तरोन्नतिका लागि मन्त्री नेम्बाङलाई भद्रपुर नगरप्रमुखको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

२८ मंसिर, भद्रपुर । नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भौतिक पुर्वाधार तथा निर्माण मन्त्री वसन्तकुमार नेम्बाङलाई भद्रपुर क्षेत्रमा पर्ने मुख्य सडकको स्तरोन्नतिका लागि आग्रह गरेका छन् ।

शनिबार अपरान्ह झापा आएका मन्त्री नेम्बाङलाई भद्रपुर विमानस्थलमा स्वागत गर्दै नगरप्रमुख श्रेष्ठले झापाकै सदरमुकाम रहेको भद्रपुरको चन्द्रगढी भैरवचोकबाट मेची पूलसम्मको सडकखण्ड चार लेनमा स्तरोन्नति गरिदिन आग्रह गरेका थिए । मेची पूल निर्माण भइसकेको र सो पूलबाट अयात–निर्यात पनि बढ्दै गएकोले उक्त सडकखण्डको आवश्यकता र महत्व पनि बढेकाले जतिसक्दो चाँडो स्तरोन्नति गरिदिन आग्रह गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । मन्त्री नेम्बाङलाई लिखित प्रस्ताव पेश गरिएको नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिइन् ।

त्यस्तै भद्रपुर ७ स्थित वीरेन्द्र माविमा योग तथा आयुर्वेदको नमुना विद्यालय कार्यक्रम सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माण गरिदिन पनि मन्त्री नेम्बाङलाई आग्रह गरिएको बताइएकको छ । मन्त्री नेम्बाङको स्वागतार्थ विमानस्थलमा प्रतिनिधिसभा सांसद एलपी साँवा, नेकपा भद्रपुर नगर अध्यक्षशिवकुमार राजभण्डारी, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय महासचिव सुवास भट्टराई, होमबहादुर थापासमेतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.