विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नीति तथा कार्यक्रम र बजेट पास पछि प्रदेशको नामको टुङ्गो लगाउने प्रस्ताव गरेका छन् ।
प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले चालु बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गरेका हुन् ।
प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै मुख्यमन्त्री राईको आलोचना भइरहेको छ । प्रदेशसभामा नामको विषय उठेपछि राईले बजेट पास गरे लगतै नामको विषयमा छलफल गर्न प्रस्ताव गरे ।
यसैगरी प्रदेशसभामा करिब डेढ घण्टा बोलेका मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासीको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराएको बताए । केन्द्रको नीतिले चुरे संरक्षणमा असर नपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको बताए ।
प्रदेशको नीति तथा कार्यक्रममा राजपा प्रदेश संसदीय दलका नेता जयराम यादवले दर्ता गराएको संशोधन प्रस्ताव समेट्ने बताएका उनले ढुङ्गा गिट्टी निकासीका विषयमा भने बोलेनन् ।


























