मेची उद्योग वाणिज्य संघको पहलमा भोलिदेखि मेची भन्सार खुल्ने, व्यवसायीले दिए सहयोग

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, भदौ २९: ‘जेन-जी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मेची भन्सार कार्यालय मेची उद्योग वाणिज्य संघको पहलमा सोमबारदेखि सञ्चालनमा आउने भएको छ। आन्दोलनकारीको तोडफोड र आगजनीका कारण भदौ २४ गतेदेखि आयात-निर्यात ठप्प भएको थियो। मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंको नेतृत्वमा गएको टोलीले भन्सार प्रमुख हरिहर पौडेललाई भेट गरी कार्यालय सञ्चालन गर्न अनुरोध गरेको थियो। भन्सार प्रमुख पौडेलले आगजनीले विद्युतीय उपकरण र फर्निचर नष्ट भएकाले काम सुरु गर्न कठिनाइ भएको बताएका थिए।

यसपछि, संघका पदाधिकारीहरूले भन्सार कार्यालयलाई आवश्यक कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी लगायतका भौतिक सामग्रीहरू व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाएका छन्। यस पहलमा संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महासचिव दिनेश शाक्य, संस्थापक अध्यक्ष पन्नलाल जैन र पूर्व अध्यक्ष केशवराज पाण्डे लगायतको सक्रियता रहेको थियो। अन्य व्यवसायी संघसंस्थाका प्रमुखहरू, जस्तै नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्याम न्यौपाने र नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई पनि यस छलफलमा सहभागी थिए। मेचीनगरका निवर्तमान मेयर विमल आचार्य लगायतका नेताहरूको पनि उपस्थिति थियो। वाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै सबै उद्योगी र व्यवसायीलाई चाडपर्व नजिकिएसँगै पुरानै लयमा फर्किएर व्यवसाय सुरु गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.