डा केसी अनसन बसेको २२ दिनमा कांग्रेसको २२ मिनेट धर्ना

A notice in Nepali from Mechinagar Ward No. 10

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न सरकारसँग माग गरेको छ।

सोमबार त्रिवि शिक्षण अस्पतालमा शान्तिपूर्वक प्रदर्शन गरेर कांग्रेसले केसीले राखेका माग पूरा गर्न सरकारले वार्ता गर्नुपर्ने बताएको हो।

अनसन बसेको २२ दिनसम्म सरकारले केसीसँग वार्ता नगरेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले केसीसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन्।

‘सरकारले तत्काल वार्ताका लागि समिति बनाउनुपर्छ,’ शर्माले भने, ‘सरकारले आँखा खोलोस्। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।’

डाक्टर केसीको माग पूरा गरी सरकारले अनसन तोडाएर जीवन रक्षा गर्नुपर्ने प्रवक्ता शर्माले बताए।

 

कांग्रेसको प्रचार विभागले डाक्टर केसीका मागमाथि ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेको हो। कांग्रेसले डा केसीको अनसन २२ दिन पुगेकाले आज २२ मिनेट धर्ना दिएको हो।

यसअघि आइतबार सभापति शेरबहादुर देउवाले डाक्टर केसीका माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई सार्वजनिक अपिल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.