कोरोना बीमाबारे सर्वसाधारण अन्यौलमा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । पछिल्लो समय कोरोना बीमाबारे सर्वसाधारणमा अन्यौलता देखिएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको लहर सुरु भएसँगै बीमा समितिले ‘कोरोना बीमा मापदण्ड २०७७’ ल्याएको थियो। सो पोलेसी समितिले एक वर्षका लागि ल्याएको थियो, जुन अवधि सकिएको छ।

कोरोना महामारी यथावत रहे पनि कोरोना बीमा पोलेसी भने सकिएको छ। साउन महिनादेखि कोरोना बीमा गर्न नपाइने बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए।

उनले भने, ‘अब साउन १ गतेदखि कोरोना बीमा गर्न मिल्दैन। कोरोना बीमा पोलेसी सकिएको छ।

गत वर्ष नेपाल सरकारले कर्मचारी ताथ आम सर्वसाधारणलाई कोरोना बीमाका लागि अनुदान दिएको थियो। उनका अनुसार यस वर्ष सरकारले कुनै अनुदान दिएको छैन।

तर यसअघि कोरोना बीमा गरेकाहरुले दावी भुक्तानी पाउने छन्। कोरोना बीमा गरिसकेका र दावी भुक्तानी परेकाहरुले दावी भुक्तानी पाउने उनले बताए।

बीमा समितिको तथ्यांक हेर्दा चैत ७ गतेदेखि ३० गतेसम्म मात्र पाँच अर्ब ८५ करोड १५ लाख रुपैयाँको कोरोना बीमा दावी भुक्तानी भएको छ। त्यसपछिको तथ्यांक समितिमा उल्लेख गरिएको छैन। आगामी दिनमा कोरोना बीमा पोलेसी आउने नआउनेमा समिति अन्यौलमा छ।

तर कोरोना बीमा दावी भुक्तानीका लागि बीमितहरुले निकै सकस पाएका थिए। हालसम्म पनि कतिले कोरोना बीमा दावी भुक्तानी नपाएको पनि गुनासो गर्दै आएका छन् भने कतिले निकै झन्झटिलो हुने पनि बताउँदै आएका छन्।

गत वैशाख ७ गतेदेखि कोरोना बीमाको औपचारिक रूपमा सुरुवात गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.