कोरोना विरूद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हाे

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताए । साथै उनले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन् ।

कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गर्ने उनले बताए । ‘अब जारी हुने सूचनामा १८ वर्ष उमेर समूहकै नागरिकले खोप पाउँछ भन्ने होइन । हामी उमेर समूहकै आधारमा जान्छौं,’ उनले भने, ‘अनलाइन दर्ता गर्दै जाने र क्रमशः खोप दिँदै जाने हो ।’

उनले ५० वर्षभन्दा माथिका नागरिकले गएको हप्तामा खोप पाएको बताए । ‘क्रमशः उमेर समूह झर्दै जान्छ । अब खोप पाउने उमेर समूह ४५ देखि ४९ वर्षका नागरिकलाई दिन्छ,’ उनले भने । तर, योबारे स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त नभएसम्म थाहा नहुने उनले बताए ।

खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिई आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउनसक्ने उनको भनाइ छ । १८ वर्षभन्दा माथिका नागरिकले याे वेबसाइटमा गएर अनलाइन दर्ता गर्न सक्नुहुने छ ।

साभार: टेकपाना 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.