१७ मंसिर, मेचीनगर : पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा २२३ जनामा संक्रमण देखिएको छ भने १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु भएको छैन ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख २२ हजार १७२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ५६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ३ हजार ७१६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





















