कोरोना संकट : युरोप-एशियामा बढ्न थाल्यो कोरोना, चीनमा २ को मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेरि एकपटक घातक बनेको छ। योपटक ओमिक्रोन कैयौँ सबभेरियन्टका साथ देखापरेको छ।

यसको सबभेरिएन्ट बीए.२ युरोप र दक्षिणपूर्वी एशियामा बढेको छ। विगतमा कोभिड नियन्त्रणमा सफल देखिएको चीनमा यो वर्ष सबैभन्दा खराब अवस्था देखिएको छ।

विज्ञहरूले ओमिक्रोन भेरिएन्ट डेल्टा जत्तिकै घातक नभएको बताउँछन्। यद्यपि यसको फैलिने क्षमता भने तीव्र छ। त्यसैले यो छोटो समयमा धेरै देशमा फैलिएको छ। चीनसहित दक्षिण कोरिया, हङकङ, फ्रान्स, बेलायत र इटालीमा यसको संक्रमण तीव्र गतिमा बढिरहेको छ।

‘अफिस अफ नेशनल स्ट्याटिस्टिक्स कोभिड–१९ इन्फेक्शन सर्भे’ का अनुसार बेलायतमा कोरोना संक्रमणदर निकै बढेको छ। प्राध्यापक टिम स्पेक्टरले ओमिक्रोनको संक्रमण केही सातादेखि फेरि बढ्न थालेको बताएका छन्। योपटक बिरामीलाई अनौठो लक्षणले सबैभन्दा बढी असर गरिरहेको छ।

विशेष लक्षण
कोरोनाबाट पीडित ८० प्रतिशत मानिसमा नाक बग्ने लक्षण पाइएको छ। प्रा. स्पेक्टर भन्छन्‚ ‘यो आश्चर्यजनक छ‚ ओमिक्रोन भेरिएन्टले वास्तवमा नाकलाई असर गर्छ।’ राइनोरिया नाकको ग्रन्थिबाट अत्यधिक स्रावसँग सम्बन्धित अवस्था हो। सामान्य भाषामा यसलाई नाक बग्ने भनिन्छ। यो स्पष्ट, पानीको तरल पदार्थदेखि बाक्लो बलगमसम्म हुन सक्छ। यो सामान्यतया राइनाइटिस, नाक वा साइनस संक्रमण जस्ता अवस्थासँग सम्बन्धित छ।

बीए.२ सबभेरिएन्ट किन फैलियो?
चीन, दक्षिण कोरिया, हङकङ, फ्रान्स,बेलायत, इटालीमा नयाँ संक्रमितको संख्या धेरै गुना बढेको छ। शुक्रबार हङकङमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ। दक्षिण कोरियाबाट पनि रेकर्ड संख्यामा केसहरू रिपोर्ट गरिएको छ। चीनमा पनि संक्रमितको संख्या बढेपछि ठूला शहरहरूमा लकडाउन गरिएको छ।

समाचार संस्था एएफपीका अनुसार फ्रान्स, बेलायत र इटालीले गत हप्तामा ३०% भन्दा बढी संक्रमित बढेको देखाएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको पछिल्लो लहरका तीन मुख्य कारण बताएको छ।

१.​ पत्ता लगाउन कठिन
ओमिक्रोन स्ट्रेनको ‘स्टेल्थ’ सब भेरिएन्ट भएको छ। बीए.२ भेरिएन्टको स्पाइक प्रोटिनमा धेरै मुख्य उत्परिवर्तन छैनन्। त्यसैले यसलाई पीसीआर परीक्षणबाट पत्ता लगाउन सकिँदैन।

२. प्रतिबन्ध हट्नु
कोरोना भाइरसको महामारी हुँदा अधिकांश स्थानमा लकडाउन थियो। संक्रमित बढेसँगै पसल, रेष्टुराँ, कम्पनी, पार्क, सबै बन्द भएका थिए। मानिस घरभित्रै बसे। संक्रमणदर घटेपछि र खोप लगाएपछि सरकारले प्रतिबन्ध हटाउन थाले। मानिसले ती नियम पालना नगरेपछि नयाँ भेरिएन्ट देखिएको हो।

३. भ्याक्सिन र भाइरसबारे भ्रम
डब्ल्यूएचओले जानाजानी कोरोना भाइरस र भ्याक्सिनको बारेमा गलत कुरा फैलाइएको बताएको छ। ओमिक्रोनपछि महामारी समाप्त हुन्छ भन्ने हल्ला गरियो।
डब्ल्यूएचओको स्वास्थ्य आपत्‌कालीन कार्यक्रमका कार्यकारी निर्देशक डाक्टर माइक रायनले यसबारे निष्कर्षमा पुग्न अर्को हिउँदसम्म पर्खन आग्रह गरे।

चीनमा २ को मृत्यु
चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकारले शनिबार कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको जनाएको छ। सन् २०२१ को जनवरीपछि कोभिडका कारण चीनमा मर्ने उनीहरू नै हुन्।

चीनमा शनिवार २,१५७ जना नयाँ संक्रमित परेका छन्। चीनमा दुई तिहाइ प्रान्तमा कोरोनाको संक्रमण देखापरेको छ। करिब ९ करोड व्यक्ति लकडाउनमा फसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.