पल शाह प्रकरण : नाबालिग गायिकाका बुवाले पनि फेरे बयान

A notice in Nepali from Mechinagar Ward No. 10

६ गते, काठमाडौँ : अभिनेता पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिग गायिकाका बाबुले पनि बयान फेरेका छन् ।

पीडित भनिएकी नाबालिग गायिकाले पनि आइतबार बयान फेरेकी थिइन्। उनले जिल्ला अदालत तनहुँमा बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बताएकी थिइन् ।

नाबालिग गायिकाका बाबुले पनि जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा आज (मंगलबार) जाहेरीमा जेजस्तो उल्लेख गरिए पनि बुझ्दै जाँदा त्यो कुरा सत्य नभएको बताएको स्राेतको भनाइ छ।

उनले नै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता शाहलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान थालेको थियो।

अभिनेता शाह हाल पुर्पक्षका लागि तनहुँ जिल्ला कारगारमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.