यसरी हेर्नुहोस् अनलाइनमा आफ्नो मतदाता परिचय पत्र

A notice in Nepali from Mechinagar Ward No. 10

२१ वैशाख, काठमाडौँ: स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल, उम्मेदवार र कायर्कता प्रचारप्रसारमा जुटेका छन् । साथै निर्वाचन आयोगले मतपत्र छपाईको काम तीव्र पारिरहेको छ ।

निर्वाचन आयोगले २०७९, वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली प्रकाशित गरेको छ । यसअन्तर्गत स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।

यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ ।

तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए/नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो लिंकमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिनेछ ।

तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितकाे मतदाता परिचयपत्र देखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.