मदिरा सेवन गरेका मतदातालाई मतदान गर्न निषेध

A notice in Nepali from Mechinagar Ward No. 10

२९ वैशाख, काठमाडौँ : मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ।

निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई भनेको हो।

यस्तै मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर तथा एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ लग्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जानिने वस्तुपनि लग्न पाइने छैन। आयोगले मतदान केन्द्रमा निषेधित गतिविधि भए कारबाही गर्ने चेतावनी दिएको छ।

मतदानको दिन वैशाख ३० गते मतदान केन्द्र भित्र मतदाता, उम्मेदवार वा उम्मेदवारका एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति पाएका पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति मतदान स्थलमा प्रवेश गर्न पाउनेछन्।

यस्तै, महिला मतदाताको साथमा पाँच वर्षसम्मका बालक, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि आएका एका घरका परिवारलाई मात्र प्रवेश गर्न दिने आयोगले स्मरण गराएको छ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.