नायिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

A notice in Nepali from Mechinagar Ward No. 10

१७ जेठ, काठमाडौँ : नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन्। चौतर्फि विरोध भएपछि नायिका मगरले उजुरी फिर्ता लिन तयार भएसँगै लामालाई रिहा भएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आदेशमा बौद्धका भिक्षु समेत रहेका मुगुका लामा मंगलबार रिहा भएकाे काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले जानकारी दिए। ३ हजार धराैटीमा लामालाई रिहा गर्न आदेश दिएकाे उनले बताए।

लामाले काठमाडौं सुन्धारा स्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.