ककनीमा प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको ८ घण्टापछि उद्धार

A notice in Nepali from Mechinagar Ward No. 10

२८ जेठ, काठमाडौँ : नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ ।

नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो । शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका-७ स्थित त्रिशुली-मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए ।

‘नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर उसलाई नियन्त्रणमा लिएर हामीलाई ह्याण्डओभर गरेको छ’ उनले अनलाइनखबरलाई भने ।

प्रसारण लाइनमा चढेका विक दिनभर तारम झुण्डिएर बस्दा त्रिशुली थ्री ए र यस नजिकका अरु साना जलविद्युत गृह बन्द गरिएको थियो । प्रशारण लाइनमा विद्युत प्रवाह गर्दा दुर्घटना हुने जोखिम भएका कारण करिब ८ घण्टा विद्युत प्रशारण बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

मान्छेको उद्धार भएपछि अब विद्युत प्रवाह सुरु गरिने भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.