मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्

A notice in Nepali from Mechinagar Ward No. 10

१२ असार, काठमाडौँ : शहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा धुरुधुरु रोएकी छिन्।

मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री झाँक्री सुरुमै अत्यन्तै भावुक बनिन् र उनले पत्रकारहरुसँग खुलेर बोल्न सकिनन्।

मन्त्रालयका कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए। उनीहरुले ‘फेरि भेटौँला’ भन्दै मन्त्री झाँक्रीको बिदाइ गरेका थिए। झाँक्री सुरुदेखि नै भाव विह्वल थिइन्।

उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन्। पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन्। तर, पहिलो प्रश्नमै उनी रुन थालिन्।

एक पत्रकारले उनलाई भावुक देखिनुको कारण सोधेका थिए, ‘तपाईं मन्त्रालयमा आफूले सोचेका कामहरु पूरा गर्न सकिनँ भनेर भावुक बन्नुभएको हो कि, आफ्नो पार्टीले अनाहकमा हटायो भनेर दुखी बन्नुभएको हो ’ पत्रकारले सोधेका थिए।

प्रश्न आउनासाथ झाँक्रीको बर्बरी आँशु झर्न थाल्यो। ‘बरु अलि रिस उठ्ने प्रश्न सोध्नुभयो भने अलिकति बोल्न सक्छु कि?’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.