एआईजी पोखरेलको राजीनामा स्वीकृत भएन, नियमित प्रक्रियाबाट अवकाशमा

A notice in Nepali from Mechinagar Ward No. 10

२० साउन, काठमाडौँ : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अवकाश पाएका छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन् ।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।

उनको राजीनामा नै स्वीकृत भएन । प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट राजीनामा स्वीकृत हुनुपथ्र्यो । ‘तर उहाँ नियमित प्रक्रियाबाट अवकाशमा जानुभयो’ प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले अनलाइनखबरसँग भने, ‘राजीनामा स्वीकृत भएको थिएन ।’ सरकारले सिंहलाई १८ वैशाखमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । लगत्तै पोखरेल बिदा बसेका थिए ।

कनिष्ठलाई आईजीपी बनाएको भन्दै उनले तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एक महिना बिदा मागेका थिए । उनले स्वीकृत गरेको बिदा सकिएपछि पोखरेलले पुनः १० दिन बिदा मागेका थिए ।
तर प्रहरी महानिरीक्षक सिंहले स्वीकृत गरिदिएनन् । अदालतबाट पनि आफ्नो पक्षमा आदेश नआएपछि उनले राजीनामा बुझाएका थिए ।

सिंह आईजीपीमा नियुक्त भएपछि पोखरेलसँगै अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिन बिदा लिएका थिए । तर गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेर उनलाई काममा फर्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.