संसदको कार्यकाल असोज १ सम्म मात्र

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म मात्रै कायम रहने भएको छ।

निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने उल्लेख छ। कार्यतालिकाअनुसार असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ।

आयोगले कार्यतालिकाका विषयमा संघीय संसदका अधिकारीहरूलाई सोमबार अनौपचारिक जानकारी दिएको छ। संघीय र प्रदेश संसदले आगामी ४० दिनभित्र सबै काम सक्नुपर्ने भएको छ। प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । यसमा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा अड्किएका विधेयकको संख्या १० छ । यी विधेयक ४० दिनभित्र पारित नभए स्वतः निष्क्रिय हुनेछन्।

यसअघिको व्यवस्थापिका संसद् पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेश भएको अघिल्लो दिनसम्म मात्रै चलेको थियो। तत्कालीन सभामुख ओन्सरी घर्तीले आफ्नो नाम बन्दसूचीमा समावेश भएपछि राजीनामा दिएकी थिइन्। उनले राजीनामासँगै संसदको कार्यकाल अन्त्य भएको थियो।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट चुनिन्छन्। दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेश गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ। संविधानको धारा ९१ को उपधारा ६ (क) मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.