बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

A notice in Nepali from Mechinagar Ward No. 10

२५ साउन, धनगढी : बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले  जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ ।

स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.