गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा एक व्यापारी पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

 काठमाडौँ,जेठ १०। गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गरेको आरोप सुनसरीका एक व्यापारी पक्राउ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ घर भएका २६ वर्षीय आशिष प्याकुरेल रहेको प्रहरी जनाएको छ ।प्याकुरेलले गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गरेको पुष्टि भएपछि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बाट प्रहरीले पक्राउ गरेको हो ।

कोभिड १९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्यधिक माग भइरहेको सन्दर्भमा बिषम् परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जीकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहीन सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएकोे छ ।

स्वास्थ्यमाथि खेलवाड गरी कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा  “75% Hand Senitizer “  नामको सेनिटाइजर बजारमा खुलेआम बिक्री बितरण भइरहेको पाइएकोले त्यस्ता सेनिटाइजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा सो सेनिटाइजरमा Methanol रसायन २४५ भेटिएकाले प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्याकुरेलले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी Repacked By RCB ईण्डष्ट्रिज पर्सा, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाइजर तयारी तथा प्याकिङ गरी बिक्री गर्ने गरेको स्थानबाट अन्दाजी २५ हजार लिटर नक्कली सेनिटाइजर, दुई हजार लिटर Methanol रसायन, ३६०० लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त सर्जिकल हाउस औषधी व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा सिल गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्याकुरेलमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.