राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित हुने

सत्ता गठबन्धन दलले आवश्यक ठानेनन् पुनर्विचार गर्न

A notice in Nepali from Mechinagar Ward No. 10

२ भाद्र, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ।

सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाँणको आग्रहमा प्रतिनिधिसभाले विधेयक पारित गर्ने तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बुधबार नै प्रकाशन भइसकेको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार सरकारसँगको परामर्शका आधारमा कार्यसूची तय भएको हो।

गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा बिहीबार गृहमन्त्री खाँणले ‘सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस्’ प्रस्ताव पेश गर्नेछन्। त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ। छलफलपछि विधेयक पारित हुनेछ।

यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो। यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट ट्र्याक’मै अघि बढेको थियो। विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो।

राष्ट्रपतिको सन्देशअनुसार विधेयक पुनर्विचार गर्न चाहेमा प्रक्रिया भने सदनमा पनि पूरा हुन सक्नेछ। संसद्ले विधेयकलाई यथास्थितिमा वा परिमार्जन गरेर पठाउनसक्ने व्यवस्था छ। प्रतिनिधिसभाको प्रक्रिया पूरा भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ। दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि पेश भएको १५ दिन प्रमाणीकरण हुने संवैधानिक व्यवस्था छ।

यसअघि दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि पठाइएको थियो। तर विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले केही प्रावधानमा ध्यानाकर्षण गराउँदै पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.