प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा

A notice in Nepali from Mechinagar Ward No. 10

१६ जेठ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाइ भएको छ। आइतबार अधिकांश समय न्यायाधीशका विषयमा खर्चिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्चका संचारविज्ञ किशोर पौडेलकाअनुसार अब मंगलबार मात्र सुनुवाइ हुने भएको छ। यसअघि सोमबारका लागि सुनुवाई हेर्दाहेर्दैमा राखिएको जानकारी दिइएको भएपनि सोमबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र र तेजबहादुर केसीबारे निर्णय लिइने भएपछि मंगलबारका लागि सुनुवाइ सरेको पौडेलले जानकारी दिनुभयो ।

यसअघि रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले न्यायाधीशद्वय श्रेष्ठ र केसीले विवादित फैसला गरेकाले संवैधानिक इजलासका लागि योग्य नभएको भन्दै आपत्ति जनाएका थिए।

कानुन व्यवसायीहरु गोविन्द बन्दी, माधवप्रसाद यादव, रमण श्रेष्ठ, टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, शम्भु थापालगायतले न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको संवैधानिक इजलासमा सहभागिताबारे प्रश्न उठाएका थिए।

न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने आक्रोशित हुनुभएको थियो। ‘के तपाईंहरुले न्यायाधीश छान्ने हो र ? अब के तपाईंहरुलाई दिउँ ? पक्ष विपक्षले यो न्यायाधीश हुन्न भनेर हुन्छ’,राणाले भन्नुभयो, ‘न्यायालयप्रति त विश्वास हुनुपर्‍यो नि। तपाईंहरुले पनि कानुनमा रहेर हो नि बहस गर्ने। हामीले पनि संविधान र कानुन त हो हेर्ने, होइन!’

न्यायाधीश को राख्ने नराख्ने भन्ने विषयमा विवाद हुँदा करिब एक घन्टा समय बितिसकेको थियो। फागुन २३ गते नेकपालाई एमाले र माओवादीकै अवस्थामा फर्काउने फैसला दिने न्यायाधीश श्रेष्ठ र उक्त फैसलामा पुनरावलोकन नदिने न्यायाधीश  केसीको इजलासमा सहभागिता हुन नहुने तर्क कानुन व्यवसायीको थियो।

संसद् पुर्नस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी पाँच दलले सर्वोच्चमा रिट दायर गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.