बलात्कार आरोप लागेका सन्दीपमाथि थुनछेक बहस आजबाट

A notice in Nepali from Mechinagar Ward No. 10

१६ कात्तिक, काठमाडौँ : बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुनेछ ।

मङ्गलवार बयान सकिएपछि बुधवारदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।

सन्दीपकाे तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारी लगायतले बहस गर्दैछन् ।

सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

सन्दीपविरुद्ध एक १७ वर्षीय युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.